८ भाद्र २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन भजनमार्फत संस्कार र संस्कृति पुस्तान्तरणको अभियान क्रियाशील पत्रकार महिलाको अध्यक्षमा तिवारी किस्पाङ बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण खोरसोरमा पर्यटकको आकर्षणः ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज भदौरे वर्षातले धानबालीलाई राहत राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित



अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति डा रामवरण यादवले आमसञ्चार, शिक्षा, वाणिज्य, भाषा, प्रविधि क्षेत्रका पाँच जनालाई ‘फेयर इन्टरनेशनल एजुकेशन’ सम्मान प्रदान गर्नुभएको छ ।

फेयर एक्सप्रेस मिडियाद्वारा आज यहाँ आयोजित कार्यक्रममा भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थी, नेपाल इञ्जिनियरिङ परिषद्का सदस्य मिथिलेशकुमार झा, शैक्षिक परामर्शदाता राजेन्द्र बराल, शिक्षाविद् बादल प्रधान, नेपाल वाणिज्य सङ्घका उपाध्यक्ष उर्मिला श्रेष्ठ र  राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललाई सम्मान गरिएको हो ।

राष्ट्रपति डा यादवले लोकतान्त्रिक आन्दोलनपछि शिक्षामा धेरै परिवर्तन भएको तथा सङ्ख्यात्मक रुपमा शैक्षिक प्रतिष्ठान बढे पनि गुणस्तरमा सुधार नभएको टिप्पणी गर्नुभयो । उहाँले

भन्नुभयो, “पछिल्लो पुस्ताले दुनियाँका बारेमा धेरै बुझेको तर आफ्नो देशका बारेमा खासै बुझेका छैनन् । देशको राजनीतिक इतिहासका विषयमा धेरै बालबालिकाले दुई पेज लेख्न नसक्ने अवस्था छ ।

यसको दोष बालबालिकालाई मात्र होइन राज्यलाई पनि दिनुपर्छ । राज्यले देशलाई प्रचुरमात्रामा बुझाउने सामग्री पाठ्यक्रममा अनिवार्य रुपमा समावेश गर्नुपर्छ । आफ्नै मातृभूमिलाई नबुझ्ने व्यक्ति उत्पादन गरेर राष्ट्र निर्माण सम्भव हुँदैन । रासस