२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते



अ+ अ-

म्याग्दी। यहाँको धवलागिरि गाउँपालिका–२ लुलाङमा आज अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा चार जना घाइते भएको घटनास्थलमै रहनुभएका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

तीन घाइतेको लुलाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र एक जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि बेनी पठाइएको छ । ताकम प्रहरी चौकीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस