१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday

14.71°C

काठमाडौं

14.71°C

Kathmandu

Feels-like: 13.36

Wind: 1.54

Humidity: 43

Latest
मशानघाट विश्वकै ठूलो विश्वविद्यालय भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध संविधानप्रति पूर्ण प्रतिवद्ध छौँ ,बाहिरबाट परिवर्तन आउन सम्भव छैन: काँग्रेस सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप परराष्ट्रमन्त्रीको आग्रहपछि निरन्तर भयो एमसिसी परियोजना सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’ भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्न हुँदैन- सतिशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

औद्योगिक क्षेत्रमा लोडसेडिङको असर र समाधानका लागि उद्योग वाणिज्य महासंघको यस्तो आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पु¥याइरहेको महासंघले जनाएको छ ।

लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेको जनाउँदै महासंघले नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्याइरहेकाले उत्पादनमा भारी गिरावट आएको जनाएको छ ।

त्यसैगरी, बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पुर्याई मर्मत, संभार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेको भन्दै यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना रहेको महासंघको ठहर छ ।

यस परिप्रेक्ष्यमा, महासंघले सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गर्दछ। साथै, दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन आग्रह गरेको छ ।