२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाँत स्वास्थ्यबारे सामाजिक बुझाइमा परिवर्तन गरौँः स्वास्थ्यमन्त्री



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दाँत स्वास्थ्यका बारेमा सामाजिक बुझाई परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ‘नेपालमा मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौतीहरु’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बिग्रिएका दाँतहरु कस्मेटिक पद्दतीबाट मिलाउने कार्यलाई दाँतको स्वास्थ्यसँग जोडेर आमसर्वसाधारण भ्रममा परेको बताउनुभयो । उहाँले शरीर स्वस्थ राख्नका लागि दाँत स्वस्थ राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले दाँत उपचारका लागि अस्पताल, उपकरण तथा जनशक्तिको अनिवार्य आवश्यकता हुने बताउनु भयो । दाँतको स्वास्थ्यसँग शरीरको स्वास्थ्य जोडिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘दाँतको उपचारलाई कस्मेटिक उपचार मानिन्छ, त्यो गलत छ । यो स्वास्थ्य उपचारभित्रै पर्छ । भित्र परेका दाँतहरु बाहिर ल्याउने मात्रै त्यो उपचार होइन, दाँतको सम्बन्ध शरीरसँग हुन्छ । त्यसैले स्वस्थ शरीरका निम्ति स्वस्थ दाँतको आवश्यकता पर्छ । यो कुरा हामीले बुझाउन सकिरहेका छैनौँ । यसका लागि अनिवार्य रुपमा अस्पताल र उपकरण हुनुपर्छ । त्यसअनुसार जनशक्ति हुनुपर्छ । यो गरेपनि हुने नगरेपनि हुने जस्तो सोचाइ छ यो गलत हो । शरीर स्वास्थ्य राख्नका निम्ति अभिन्न रुपमा दाँतको स्वस्थता जोडिएको हुन्छ । जुन खालको न्यारेटिभ छ त्यो बदल्नु आवश्यक छ ।’

मन्त्री पौडेलले नेपालमा दाँत सम्बन्धी जनशक्तिको उत्पादन भइरहे पनि समाजले दाँत स्वास्थ्यका बारेमा नबुझेका कारण चिकित्सकहरु विदेश पलायन हुनुपरेको बताउनु भयो । उत्पादित जनशक्तिले नेपालमै सेवा दिने व्यवस्था मिलाउनका लागि समाजले उक्त विषयको आवश्यकता महशुस गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले जनशक्ति उत्पादन भइरहेको छ । सरकारी तहले पनि त्यसलाई पूर्ण प्राथमिकतामा राख्न नसकेको कारणले तथा समाजले पनि यसको उपचार पद्दतीलाई गम्भीर ढंगले जे हो त्यही रुपले नबुझेको कारणले हामीले जनशक्ति नेपालमै राख्न सकिरहेका छैनौँ । उत्पादित जनशक्तिलाई नेपालमै राख्ने स्थिति बनाउनका लागि कुनैपनि पदको कुनै पनि कामको कुनैपनि व्यवसायको सान्दर्भिकता त्यो समाजले बुझेको हुनुपर्छ । त्यो समाजलाई त्यो व्यवसायको कामको आवश्यकता महशुस हुनुपर्छ ।’

मन्त्री पौडेलले देशभरका सबै संघीय अस्पतालमा दाँतको दरबन्दीको व्यवस्था गरी उपचार इकाइ बनाउने प्रतिवद्धता जनाउनुभयो ।