२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

टियु मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम वैशाख २४ भित्रै सकिन्छः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वैशाख २४ गतेभित्रै कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माणको काम सकिने बताउनुभएको छ ।

बिहीवार निर्माणाधिन मैदानको निरीक्षणका लागि कीर्तिपुर पुग्नुभएका उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेको र समयमै सकिने गरी काम अघि बढाइएको बताउनु भयो । उहाँले त्यसका लागि तीन चरणमा निर्माणको काम अघि बढाइएको बताउनु भयो । फ्लड लाइट जडान र १० सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘वैशाख २४ गतेको मितिभित्रै काम पूरा गर्न तिब्र गतिका साथ काम अघि बढिरहेको छ । हाम्रो चाहना वैशाख २४ गते नै सम्झौताअनुसारको निर्माण कार्य पूरा भएर उद्घाटन गर्न पाए राम्रो हुन्छ । त्यही अनुसार काम हेरौँ भनेर आएको हो । यस्ता स्टेडियमहरु हामीले ठाउँ ठाउँमा बनाइरहेका छौँ । समयमै सक्नका लागि तीन चरणमा काम अघि बढिरहेको छ । फ्लड लाइट जडान र १० सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि गर्न सकिने रहेछ भनेर देखाउन सक्छौँ । तीन चरणमा युद्धस्तरमा काम भइरहेको छ । समयमै सकिने विश्वास मलाई छ ।’

निरीक्षणका लागि पुग्नुभएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले पहिलो मन्त्रीपरिषद्को बैठकबाट नै क्रिकेट मैदान निर्माणको निर्णय गरेर अघि बढेकाले समयभित्रै सकिने दाबी गर्नुभयो । उहाँले समयमै निर्माण सकिसक्न तीन चरणमा काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको पहिलो बैठकबाट नै यो निर्णय भएको हो । कसरी छिटो भन्दा छिटो काम हुन्छ भनेर हामी अघि बढिरहेका छौँ । तीन सिफ्टमा काम गरिरहेका छौँ । जुन किसिमको सम्झौता गर्नुभएको छ, त्यो भन्दा अगाडि नै काम सकिदिन आग्रह गर्दछु ।’

२०८२ को वैशाख २४ गतेभित्र १० हजार सिट क्षमताको प्यारापिट र र ६ वटा फ्लड लाइट जडान गर्ने सरकारले काम अघि बढाइरहेको मन्त्री द्वयको भनाइ छ । फ्लड लाइट र १० हजार सिट क्षमताको रंगशाला तयार भएपछि पार्किङ, थप संरचना र बाँकी प्यारापिट निर्माण गरिनेछ । मैदानको प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३।०३ रुपैयाँमा ठेक्का पाएको थियो । फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ । कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।