८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा पहिलोपटक ‘वाडा अटो शो’



अ+ अ-

काठमाडौँ। पर्यटकीय राजधानी पोखरामा यही चैत १४ देखि १७ गतेसम्म ‘वाडा अटो शो’ आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसन (वाडा)ले पहिलोपटक पोखरामा उक्त अटो प्रदर्शनी आयोजना गर्न लागेको हो ।

पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह खेलकुद मैदानमा हुने प्रदर्शनीमा १९ वटा ब्राण्डका चार पाङग्रे, छ वटा ब्राण्डका लाइट कमर्सियल, सात वटा ब्राण्डका दुई पाङ्ग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, पाटपूर्जा आदिका २० वटा व्यावसायिक स्टल रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वाडाका उपाध्यक्ष एवं अटो शोका संयोजक निरन केसीले उक्त शो आयोजनाका लागि करिब रु ६० लाख खर्च हुने बताउनुभयो । सवारीसाधनको खरिदबिक्री सँगै यस क्षेत्रमा भइरहेको प्रविधिको विकासबारे सवारीधनी, ग्राहक एवं सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उहाँको भनाइ छ ।

अर्थतन्त्र शिथिल भएको अहिलेको अवस्थामा केही मात्रामा भएपनि आर्थिक गतिविधि चलायमान बनाउन यो प्रदर्शनीले मद्दत पुग्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो, “नाडाको अटो शो पहिलोपटक काठमाडौँ बाहिर हुन लागिरहेको छ ।” गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका प्रदर्शनीको प्रवर्द्धकका रुपमा रहेको छ ।

चार दिनको सो प्रदर्शनी करिब ३५ हजार आगन्तुकले अवलोकन गर्ने अनुमान गरिएको वाडाले जनाएको छ । रासस