६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूतावासले भन्यो–अमेरिकी भिसा होल्डरहरु निरन्तर निगरानीमा, जुनसुकै बेला भिसा रद्द हुनसक्छ



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने बताएको छ । दूतावासले एक सूचना जारी गर्दै भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने प्रस्ट पारेको हो ।

उनीहरुले अमेरिकी कानून र आप्रवासनका नियमहरु पालना नगरेको पाइमा जुनसुकै बेला भिसा रद्द गरेर निष्कासन गरिने दूतावासले जनाएको छ ।

दूतावासले सूचनामा भनेको छ – अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन । सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं – र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं ।