१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूतावासले भन्यो–अमेरिकी भिसा होल्डरहरु निरन्तर निगरानीमा, जुनसुकै बेला भिसा रद्द हुनसक्छ



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने बताएको छ । दूतावासले एक सूचना जारी गर्दै भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने प्रस्ट पारेको हो ।

उनीहरुले अमेरिकी कानून र आप्रवासनका नियमहरु पालना नगरेको पाइमा जुनसुकै बेला भिसा रद्द गरेर निष्कासन गरिने दूतावासले जनाएको छ ।

दूतावासले सूचनामा भनेको छ – अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन । सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं – र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं ।