१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयले गर्‍यो ७ सीडीओसहित ११ सहसचिवको सरुवा



अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ११ सहसचिवको सरुवा गरेको छ ।

गृहमन्त्री रमेश लेखकको निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो ।

गृह मन्त्रालयको सूची अनुसार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह सरुवा भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मन्त्रालय तानिदा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे पर्वत सरुवा भएका छन् ।

यस्तै, गृहका जगदिश्वर उपाध्यायको सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् भने सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।