९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

11.12°C

काठमाडौं

11.12°C

Kathmandu

Feels-like: 10.53

Wind: 2.57

Humidity: 86

Latest
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक धनुषा प्रहरीद्वारा गाँजासहित एकजना पक्राउ दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ : ऊर्जामन्त्री खड्का प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड निवार्हमुखी कृषिलाई आधुनिकिकरण र व्यवसायिकरण गर्नु पर्नेमा महासंघ अध्यक्ष ढकाललको जोड क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति भण्डारी केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव अहिले देशमा शान्ति चाहिएको छ: पूर्वराजा शाह पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीकोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर



अ+ अ-

बैतडी । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ ।

ज्योती विकास बैंकको आर्थिक तथा राष्ट्रिय आविस्कार केन्द्रको प्राविधिक सहयोगमा बर्थिङ एकाइमा बेबी वार्मर उपलब्ध गराइएको हो । बेबी वार्मरले नवजात शिशु जन्मिँदा तापक्रमसम्बन्धी समस्या देखिएर अकालमै हुने मृत्युलाई रोक्न मद्दत गर्ने उपकरण हो ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण गरिएको यो उपकरण नवजात शिशुको तापक्रम नियन्त्रण गरी शिशु मृत्युदर घटाउने उद्देश्यले विगत पाँच वर्षदेखि वितरण हुँदै आएको जनाइएको छ । नवजात शिशुलाई सिताङ हुनबाट बचाउन यो मेसिनले सहयोग गर्ने श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताउनुभयो । रासस