८ चैत्र २०८१, शुक्रबार
March 21, 2025 Friday

26.34°C

काठमाडौं

26.34°C

Kathmandu

Feels-like: 26.34

Wind: 7.72

Humidity: 13

Latest
इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह प्रधानमन्त्री कपः आर्मीले गण्डकीलाई ६ विकेटले हरायो प्रेस चौतारीको अध्यक्ष पदमा राजेश राईको उम्मेदवारी घोषणा सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने राष्ट्रिय उत्पादनमा जोड दिन प्रधानमन्त्री ओलीको आग्रह एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै रविले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा निवेदन दर्ता गराए कामपाले चैत १२ गतेदेखि स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा दुर्गेशले गीत गाउने आईपीएलबाट ‘गायब’ भएका यी पाँच टोलि जसबारे तपाईलाई थाहा नहुन सक्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित



अ+ अ-

काठमाडौँ। वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका निम्ति उहाँले निर्वाह गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्रकाशन गृह ‘मिडिया नाइन’ ले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी उहाँलाई उक्त अवार्ड प्रदान गरेको हो । उपसभामुख इन्दिरा रानाले उहाँलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहनुभएकी शाक्यले पितृसत्तात्मक सोचबाट हामो समाज मुक्त नभएसम्म महिलालाई अवसर प्राप्त गर्न कठिन हुने बताउँदै पुरुषबराबर काम गर्न हरेक महिला सक्षम छन् भन्नुभयो । उहाँले अवसर पाएमा गरेर देखाउने सामथ्र्य महिलामा रहेको बताउनुभयो ।

नेपाली नारीलाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उक्त प्रकाशन गृहबाट हरेक महिना छापिने अङ्ग्रेजी पत्रिका ‘डब्ल्युओडब्ल्यु’ र ‘बिजनेस ३६० डिग्री’ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पत्रकारितका माध्यमबाट समाजमा चेतना अभिवृद्धि गर्न र महिलालाई सशक्त तुल्याउन अझ सक्रिय भएर लाग्न सझाउनुभयो ।

उक्त प्रकाशन गृहकी सम्पादक चारु चड्डाले नेपालको संविधानमा सुनिश्चित गरिएका महिला अधिकार पूर्णरुपले नेपाली नारीले उपयोग गर्न नपाएका बताउँदै घरेलु हिंसाका साथै हरेक क्षेत्रमा महिलालाई हतोत्साहित गर्ने मानसिकता कायम रहेको गुनासो गर्नुभयो । उहाँले भेदभावविरुद्ध सबै नारी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । रासस