८ चैत्र २०८१, शुक्रबार
March 21, 2025 Friday
Latest
विदेशमा रिलिजबारे भ्रम छरिएको भन्दै ‘अञ्जिला’ टिमले निकाल्यो विज्ञप्ति, इच्छुकलाई सम्पर्क गर्न आग्रह सुनको मूल्य तोलामा एक लाख ७५ हजार रुपैयाँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था विकास विज्ञ भन्छन्—शासकिय संरचनामा हुँदै आएको खर्च पुनरावलोकन गर्नुपर्छ कालीगण्डकी कोरिडोरः नौ किलोमिटर कालोपत्र नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र देशको विकासका निम्ति सरकारले कामको गति बढाउनुपर्छः लालवीर चौधरी काठमाडौं अदालतको आदेशविरुद्ध रवि लामिछाने आज उच्च अदालतमा जाँदै यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका तीन विधेयक भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित



अ+ अ-

काठमाडौँ। वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका निम्ति उहाँले निर्वाह गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्रकाशन गृह ‘मिडिया नाइन’ ले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी उहाँलाई उक्त अवार्ड प्रदान गरेको हो । उपसभामुख इन्दिरा रानाले उहाँलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहनुभएकी शाक्यले पितृसत्तात्मक सोचबाट हामो समाज मुक्त नभएसम्म महिलालाई अवसर प्राप्त गर्न कठिन हुने बताउँदै पुरुषबराबर काम गर्न हरेक महिला सक्षम छन् भन्नुभयो । उहाँले अवसर पाएमा गरेर देखाउने सामथ्र्य महिलामा रहेको बताउनुभयो ।

नेपाली नारीलाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उक्त प्रकाशन गृहबाट हरेक महिना छापिने अङ्ग्रेजी पत्रिका ‘डब्ल्युओडब्ल्यु’ र ‘बिजनेस ३६० डिग्री’ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पत्रकारितका माध्यमबाट समाजमा चेतना अभिवृद्धि गर्न र महिलालाई सशक्त तुल्याउन अझ सक्रिय भएर लाग्न सझाउनुभयो ।

उक्त प्रकाशन गृहकी सम्पादक चारु चड्डाले नेपालको संविधानमा सुनिश्चित गरिएका महिला अधिकार पूर्णरुपले नेपाली नारीले उपयोग गर्न नपाएका बताउँदै घरेलु हिंसाका साथै हरेक क्षेत्रमा महिलालाई हतोत्साहित गर्ने मानसिकता कायम रहेको गुनासो गर्नुभयो । उहाँले भेदभावविरुद्ध सबै नारी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । रासस