२ श्रावण २०८२, शुक्रबार
,
Latest
भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गोदामबाटै लागू औषधको ठूलो मात्रा प्रहरीद्वारा बरामद प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै हवाई सेवा प्राधिकरण विधेयकमा भाषा र प्राधिकरणको संरचना स्पष्ट हुनुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे नेकपा एस र वामदेवको अभियानबीच एकता हुनुपूर्व तस्बिर खिचाउँदै नेताहरु एमाले पोलिटब्युरो बैठक सुरु पूर्वराष्ट्रपति भण्डारीलाई विधान महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा बोलाउन सकिन्छः कर्ण थापा  न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ: महान्यायाधिवक्ता बडाल (अन्तरवार्ता) युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसरः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाल, पहाड, तराई : शान्त र सुन्दर नेपाल (फोटो फिचर)



अ+ अ-

काठमाडौं । देशमा राजनीतिक चलखेल जारी छ । गणतन्त्रवादी र राजतन्त्रवादीहरु वाक युद्धमा छन् । कोही अहिलेको गणतान्त्रिक व्यवस्थाको चर्को आलोचना गरिरहेका छन् भने कोही राजतन्त्रलाई तथानाम गालीगलौल गरिरहेका छन् ।

आम जनतालाई कुन व्यवस्था कस्तो, किन र केका लागि खासै वास्ता देखिँदैन । आफ्ना दैनिकीमा उनीहरु व्यस्त छन् ।

शान्त र सुन्दर नेपालको प्रकृतिलाई पनि राजनीतिक वाकयुद्धको वास्ता छैन । प्रकृति आफ्नै ढंगले चलेको छ ।

फोटो : रासस

दाङको घोराही उपमहानगरपालिका– १४ स्थित खोलीगाउँका स्थानीयले कटुवा खोलामा व्यावसायिक रुपमा गरेको खोले सागको खेती । तस्बिरः कुलदीप न्यौपाने/रासस
झापा, कमल गाउँपालिका-७ विष्णुकठ्ठाका किसानहरु चैते धान रोप्दै । पछिल्लो समय जिल्लामा चैते धान खेतीमा किसानको आर्कषण बढ्दो छ । तस्बिर : यज्ञराज आङदेम्बे / रासस
सम्डुप बौद्ध स्तुपा र निलगिरि हिमाल : मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ र लोमान्थाङ गाउँपालिकाको बीचमा पर्ने सम्डुप बौद्ध स्तुपा (चैत्य) र पृष्ठभूमिमा निलगिरि हिमाल। करिब पाँच सय वर्ष पुरानो यो छ्योर्तेन (बौद्ध स्तुपा) अमेरिक हिमालयन फाउन्डेसनले निर्माण गरेको हो । कोरोला घुम्न जाँदा सडक नजिकै पर्ने यो स्तुपा तिब्बतीयन भाषामा सम भनेको मन र डुप भनेको प्राप्त हो । अर्थात् आफूले कामना गरेको चिज प्राप्त हुनु हो । तस्बिरः सुशीलबाबु थकाली/रासस
मुस्ताङको दामोदर कुण्ड गाउँपालिका-१ र लोमान्थाङ गाउँपालिकाको बीचमा पर्ने सम्डुप छोर्तेन र पृष्ठभूमिमा निलगिरि हिमाल । कोरोला घुम्न जाँदा सडक नजिकै पर्ने सम्डुप छोर्तेनको तिब्बतीयन भाषामा सम भनेको मन र डुप भनेको प्राप्त हुन अर्थात् आफुले कामना गरेको चिज प्राप्त हुनु हो । तस्बिरः सुशीलबाबु थकाली / रासस
सुनसरीको इनरुवा नगरपालिका-४ बाट साेमबार बिहान देखिएको उदाउँदै गरेको सूर्य । तस्बिर : नवीन गड्तौला/रासस
अन्नपूर्ण दोस्रो हिमाल : मनाङको ङिस्याङ गाउँपालिका–५ बाट देखिएको सात हजार नौ सय ३७ मिटर उचाइमा रहेको अन्नपूर्ण दोस्रो हिमाल । तापक्रम वृद्धिसँग हिँउ पग्लिएपछि हिमाल कालापथ्थरमा परिणत हुँदै गएका छन् । तस्बिरः नवीन लामिछान/मनाङ
कैलालीको मोहन्याल गाउँपालिका– ७ स्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल राजकाँडाबाट देखिएको कर्णाली नदी आसपास क्षेत्र । तस्बिर : मीन ठकुरी/रासस
मानव निर्मित ताल इन्द्रसरोवर : मनहरी, ४ चैतः मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको इन्द्र सरोवर ताल नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल हो। तस्बिरः मणिराज गौतम/रासस