८ पुष २०८२, मंगलवार
,
Latest
श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब



अ+ अ-

काठमाडौँ। बागमती प्रदेशका ७० वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ११ विद्यार्थीले आज एकैस्थानबाट एकसाथ एबाकस पद्धतिबाट हिसाब गरेका छन् ।

एबाकस हिसाबको माध्यमबाट गिनिज विश्व कीर्तिमान् बनाउने उद्देश्यले सामूहिक हिसाब गरिएको हो । अङ्क गणितीय हिसाबलाई सर्वाधिक छिटो सम्पन्न गर्ने पद्धति मानिएको एबाकसबाट विद्यार्थीले हिसाब गर्ने मात्र नभइ समग्र शैक्षिक क्षमता र व्यक्तित्वमै सकारात्मक प्रभाव पार्ने बताइन्छ ।

बाल विकास एनसिमास प्रालिको आयोजनामा सम्पन्न उक्त  कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले एबाकस शिक्षालाई देशभर लागू गर्नुपर्ने बताउनुभयो । “एबाकस जस्ता आधुनिक शिक्षण विधि बालबालिकाको समग्र विकासका लागि अनिवार्य छन्”, उहाँले भन्नुभयो ।  आयोजक बाल विकास एनसीमास प्रालिका कार्यकारी निर्देशक तेजु नेपालले  विद्यार्थीलाई सृजनात्मक सोच, विश्लेषणात्मक क्षमता, र निर्णय शक्ति अभिवृद्धि गर्न विभिन्न अभ्यास गराइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेपालमै पहिलो पटक यति ठूलो सङ्ख्यामा विद्यार्थीको सहभागितामा यस्तो शिक्षण पद्धति प्रयोग गरिएको हो । आजको अबाकस प्रतियोगिताले ‘एसियन वल्र्ड रेकर्ड’ राख्न सफल भएको छ । एसियन वल्र्ड रेकर्डको सर्टिफिकेट पनि आजै बाल विकासमा संस्थालाई प्रदान गरिएको कार्यकारी निर्देशक नेपालले जानकारी दिनुभयो ।रासस