६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौंः सांसद ज्वाला



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परिक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो बताउनुभएको हो ।

कुनैपनि नागरिकलाई परिक्षाबाट नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरित भएको उहाँको भनाइ छ । संसदले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानून बनाउन लागेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ । सांसद ज्वालाले सरकारले रोजगारीको विकल्प पनि नदिने परिक्षामा प्रतिष्पर्धा गर्न पनि रोक्नु मौलिक अधिकारबाट वञ्चित गर्नुभएको बताउनु भयो । उहाँले लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्ने माग राख्नुभयो । उहाँले लोक सेवाको परिक्षा नभई राष्ट्रपति, प्रधानमन्त्री मन्त्री कति पटक हुन पाउने भन्ने विषयमा बहस गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकसेवामा ६ पटकभन्दा बढी परिक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गरिँदैछ भने त्यो गलत छ । कुनै नागरिकलाई परिक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरित छ । यसरि परिक्षाबाट नै वञ्चित गर्नु नेपाली युवाहरुलाई अझ बढी खाडि र मलेसियारतिर धकेल्नु हो । सरकारले रोजगारीको विकल्प पनि नदिने परीक्षामा प्रतिष्पर्धा गर्न पनि रोक्ने, मौलिक अधिकारबाट वञ्चित गर्नु हो । त्यसकारण लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनु पर्दछ । राजनीतिक नियुक्ति कति पटक खान पाउने, चुनाव कति पटक लड्न पाउने र राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कति पटक हुन पाउने विषयमा बहस गरौं ।’

उहाँले राजनीतिक नियुक्ति र चुनाव कति पटक लड्ने भन्ने विषयमा बहस गर्नुपर्ने समेत बताउनु भयो ।