२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बाँकेमा एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

बाँकेमा एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ
अ अ+ अ-

नेपालगन्ज। प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेर फरार प्रतिवादीबाट १५ वर्ष दुई महिना १८ दिन कैद र रु चार लाख ३५ हजार ५५ जरिवाना असुलउपर गरिएको प्रनाउ पातलीले उल्लेख गर्नुभयो ।

नेपालगन्जबाट रु १४ लाख ७१ हजार आठ सय ७५ बराबरको अवैध भन्सार छलीको सामान बरामद गर्दै नेपालगन्ज भन्सार कार्यालय बुझाइको छभने फागुनमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चारवटा टिपर र दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाई रु ४८ हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले बाँकेमा अवैध बोइलर कुखुराविरुद्धको कारबाहीमा भारतबाट ल्याइएका रु तीन लाख ७६ हजार आठ सय १० मूल्य बराबरको कुखुरा र मासु बरामद गरेर आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएर नष्ट गरिएको प्रनाउ पातलीको भनाइ छ ।

जिल्लामा प्रहरीले फागुनमा दर्ता भएका एक सय ३१ वटा मुद्दातर्फ एक सय दुई जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो अवधिमा ६५ वटा पेन्डिङ रहेका मुद्दा फछ्र्योट भएका छन् ।

फागुनमा जिल्लामा गरिएको ट्राफिक कारबाहीमा तीन हजार छ सय १४ सवारीसाधनलाई कारबाही गर्दै रु २९ लाख ११ हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले एक किलो १०६ ग्राम ४१६ मिलीग्राम ब्राउन सुगर, पाँच हजार ट्याब्लेट ट्रामाडोल र चार किलो २०० ग्राम चरेससहित २२ जना ओसारपसारकर्तालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको प्रनाउ पातलीले बताउनुभयो ।

प्रहरीले फागुनमा सीमानाकाबाट ८१ महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उद्धार गरेको छभने अलपत्र अवस्थामा परेका १५ जनालाई फेला पारी संरक्षणका लागि संस्थामा पठाएको छ । रासस