२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी महानिरीक्षक कुँवर आजदेखि घर जाँदै, को बन्ला नयाँ आईजीपी ?



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर आजदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । कुँवरसहितका ९ जना उच्च अधिकारीहरु आजदेखि अवकाशमा जान लागेका हुन् । तर सरकारले अहिलेसम्म नयाँ आईजीपी कसलाई बनाउने भन्ने टुंगो लगाएको छैन ।

आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण चैत ५ देखि एकैसाथ अनिवार्य अवकाश पाउन लागेका हुन् ।

कुँवरसँगै अनिवार्य अवकाश पाउने एआईजीहरुमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन्। त्यसैगरी अवकाश पाउने डीआईजीहरुमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।

मन्त्रिपरिषदको आज बस्ने बैठकले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेको छ ।

आईजीपीमा एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन् । उनीहरुमध्येबाट एक जना नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।

साथै सरकारले रिक्त एआईजी र डीआइजी पदमा केहीलाई बढुवा गर्ने तयारी गरेको छ ।