८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौँः मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताउनुभएको छ ।

विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भुमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आईतवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हाँसिल गर्न नसकिरहेको बताउनु भयो । उहाँले सरकारले श्रीलंका हुनबाट भने जोगाएको जिकिर गर्नुभयो । सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको बताउनु भयो । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छाएको बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसकेर हो भन्नेकुरा हामीले महशुस गरेका छौँ । हाम्रो मूल्यांकनमा त्यही कुरा छ । यो सबै समस्याको समाधानमा हामी लागेका छौँ । आजको दिनमा बढ्दै गएको अर्थतन्त्रको समस्या सुधार्न हामी कति धेरै प्रयत्न गरिरहेका छौँ । तर अझै पनि हामीले चाहेअनुसारको वाञ्छित सफलता हाँसिल गर्न सकेका छैनौँ । बिस्तार बिस्तार श्रीलंका हुनबाट जोगाइएको छ । सरकारले गरेको पहिलो काम भनेको नेपाललाई श्रीलंका हुनबाट जोगाएको हो । या असफल राष्ट्र हुनबाट जोगाइएको छ । सुशासन आज सबैभन्दा ठूलो समस्या हो । सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या हो । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छ ।’

मन्त्री गुरुङले विद्यमान ऐन, कानूनहरु अस्पष्ट रहेकाले सरकारले त्यसलाई समाधान गर्न आवश्यक काम गरिरहेको बताउनु भयो ।




भर्खरै