८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने



अ+ अ-

काठमाडौँ । अब भन्सार नाकामा आयातकर्ताले वस्तु घोषणा गर्दा फरक पारेमा वस्तुको मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्नेछ ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आईतवार भएको भन्सार विधेयक माथिको सो सम्बन्धि दफालाई समितिले पारित गरेको हो । विधेयकको दफा ८७ मा वस्तुको विवरण फरक पारी घोषणा गरेमा सजाय सम्बन्धि व्यवस्था छ । कुनै घोषणाकर्ताले वस्तु घोषणा गर्दा विवरण फरक पारी घोषणा गरे भन्सार अधिकृतले कारबाही गर्नसक्ने अधिकार दिएको छ ।

सो दफाको ‘ग’ मा पैठारी गरेको एउटा वस्तुलाई अर्कै वस्तु भनी वा एक प्रकारको पदार्थबाट निर्मित वस्तुलाई अर्कै प्रकारको पदार्थबाट निर्मित वस्तु भनी वा वस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, तौल वा गुणस्तरमध्ये सबै वा कुनै कुरा फरक पारी घोषणा गरेमा वा कुनै वस्तु घोषणा नै नगरेमा त्यस्तो घोषणाकर्तालाई त्यस्तो वस्तुको मूल्य बराबर जरिबाना गरी सो वस्तु जफत गर्न वा निजबाट वस्तुको मूल्यको दुई सय प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँचपास गर्नसक्ने व्यवस्थालाई अर्थसमितिले पारित गरेको छ ।
त्यस्तै समितिले विधेयकमा प्रस्तावित दफा ८८ लाई समेत संशोधन गर्दै पास गरेको छ । सो दफमा भौतिक जाँच नगरी जाँचपास भएको वस्तु फरक परेमा जरिबाना हुने व्यवस्था छ । भौतिक जाँच नगरी जाँचपास भएको वस्तु घोषणाकर्ताले भन्सार क्षेत्रबाट बाहिर लैजानु अघि वा भन्सार क्षेत्र बाहिर लगिसकेपछि भन्सार अधिकृत वा अन्य अधिकारप्राप्त अधिकारीले पुनः जाँच गर्न सक्ने व्यवस्था छ ।

त्यस्तै वस्तुको पुनः जाँच गर्दा वस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, तौल, गुणस्तर वा परिमाण घोषणाकर्ताले घोषणा गरेको भन्दा फरक पाइएमा कसुर गरेको मानिएको छ ।

प्रस्तावित विधेयकमा त्यस्तो कसुर गरेमा भन्सार अधिकृतले जाँचपासका बखत फरक विवरण घोषणा गरे बापत विवरण फरक पाइएजति वस्तुको मूल्यको पाँच सय प्रतिशत जरिबाना र लाग्ने महसुल असुल गरी वस्तु छाडिदिन सक्ने व्यवस्था रहेकोमा त्यस्तो जरिवानालाई दुई सय प्रतिशत सम्म कायम गर्नेगरी समितिबाट पास गरिएको अर्थ समिति सभापति सन्तोष चालिसेले घोषणा गर्नुभयो ।
अर्थ समितिले पास गरेको उक्त जरिबाना र महशुल रकममा त्यस्तो वस्तु जाँचपास हुँदाका बखत बुझाइएको महशुल रकम मिलान गर्न वा घटाउन भन्सार अधिकृतले पाउनेछैन । समितिमा भएको दफाबार छलफलका क्रममा पाँच गर्ने वा दुईबारे गहन छलफल भएको थियो ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले जानीजानी गल्ति गरेमा दुई सय प्रतिशत सजाय राखिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो –एउटा वस्तु भनेर घोषणा गरेमा दुईसय प्रतिशत सजाय राखिएको छ । जानीजानी गलत घोषणा गरेमा सिस्टमले थाहा पाउँदैन त्यसैले भन्सार अधिकृतले जाँचपासका बखत फरक विवरण घोषणा गरे बापत पनि विवरण फरक पाइएजति वस्तुको मूल्यको पाँच सय प्रतिशत जरिबाना र लाग्ने महसुल असुल गरी वस्तु छाडिदिन सक्ने व्यवस्था गर्नुपर्छ ।

दफाबार छलफलका क्रममा जरिवानालाई कम गर्नुपर्नेमा सांसदहरुले जोड दिएका थिए । नेकपा एमाले सांसद भगवती चौधरीले भन्नुभयो– ‘हामी धेरै झन्झटिलो प्रक्रियामा छौं । व्यवसायीहरु जुन कानून प्रयोगकर्ता हुन उनीहरुले झन्झटिलो महशुस गरिरहेका छन । केही सहज बनाइनुपर्छ । जहाँ शतप्रतिशत जरिवाना भनिएको छ यसलाई ५० प्रतिशत, जहाँ ५० भनिएको छ त्यहाँ २५ प्रतिशत झार्नुपर्छ । यो नै सही हुनेछ ।’

राजश्व सचिव दिनेश घिमिरेले कुनै समान छल्ने हिसाबले कसैले ल्याएमा सतप्रतिशत जरिवाना गरेर जानुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो–‘एक पटक वर्गिकरण भएर समान ल्यायो, त्यसलाई कुनै अर्को वर्गमा प¥यो भनेर वर्गिकरण गरियो, कुनै छल्ने हिसावले समान ल्याएको रहेछ भने त्यसलाई सतप्रतिशत नै जरिवाना गरिनुपर्छ । किनभने त्यो नियतवंश नै गरिएको हो ।’
नेपाली काँग्रेसका सांसद डा।प्रकाशशरण महतले समान ओसारपसार गर्दा सवारी चालकले बद्मासी गरे सजायको व्यवस्था गरिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो–‘ड्राइभरको सबालमा उनीहरुले पनि बदमासी गर्न सक्छन्, सजाय हटाउन मिल्दैन । जस्तो कुनै समान व्यापारीले अर्डर ग¥यो । त्यहाँ ड्राइभरले केही समान थपेर पनि ल्याउन सक्छ । छानविनका क्रममा पत्ता लाग्ने कुरा हो । सवारी चालकको समेत त्यहाँ दोष देखियो भने दोषिको भागिदार हुनुपर्छ ।’

भन्सार विधेयकमाथिको दफावार छलफल अर्को बैठकमा समेत चल्नेछ । समितिमा कानून मन्त्रालयका अधिकारीहरु समेत सम्लित हुँदैआएका छन् ।




भर्खरै