४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

सचिवालय बैठकबाट ६ सदस्यीय कार्यदल अनुमोदन , प्रतिबेदन दुई अध्यक्षले अध्ययन गरे पछि सचिवालयमा पेश हुने

सचिवालय बैठकबाट ६ सदस्यीय कार्यदल अनुमोदन , प्रतिबेदन दुई अध्यक्षले अध्ययन गरे पछि सचिवालयमा पेश हुने
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई अनुमोदन गरेको छ । 

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत विहिबार गठन गर्नुभएको कार्यदललाई नेकपा सचिवालयले अनुमोदन गरेको हो । अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने केही सचिवालयका सदस्यहरुले आग्रह गरेपछि आजको बैठकबाट सो निर्णय भएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि अध्यक्षद्वयको पहललाई सकारात्मक रुपमा लिँदै कार्यदललाई अनुमोदन गरिएको बताउनुभयो । कार्यदललाई प्रभावकारी ढंगले काम गर्न सहज होस भनेर सचवालयमा अनुमोदन गर्नुपर्ने नेताहरुको सुझाव अनुसार अनुमोदन गरिएको उहाँले बताउनुभयो । कार्यदलले छिटो भन्दा छिटो पार्टी र सरकार सञ्चालनका लागि गर्नुपर्ने कामहरुको बारेमा सुझाव दिन सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले संकट समाधानका लागि दिएका सुझाव परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय वा स्थायी समितिमा पेश गर्ने उहाँले बताउनुभयो ।

संघिय सरकारका मन्त्री र केही प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने तयारी हो ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘‘सुरुमा पार्टीभित्र वैचारिक, नीतिगत र विधिगत विषयमा निष्कर्ष निकालेपछि मात्रै अरु विषयमा छलफल हुन्छ । अहिले मन्त्री परिवर्तन गर्ने, मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा अहिले पार्टीमा केही छलफल भएको छैन ।’’