१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट भारतमा ५० हजारन्दा बढिको मृत्यु



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५० हजार ९२१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयजनाएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ९४१ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ लाख ४७ हजार ६६४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५७ हजार ९८२ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका १९ लाख १९ हजार ८४३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

विश्वभर कोरोना भाइरसका दुई करोड १६ लाख ७२ हजारभन्दा बढी संक्रमित फेला परिसकेको पनि जोन्स हप्किन्स युनिभर्सिटीले बताएको छ ।