२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र एउटा हाइवे हो, हाइवेमा ब्याक गेयर लाग्दैनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताउनुभएको छ ।

आईतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले योजनाहिन धैयर्ता र सक्रियता नभइ योजनावद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताउनु भयो । उहाँले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गर्नुभयो । उहाँले सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको बताउनु भयो । उहाँले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी सक्रिय धैर्यता, सक्रियता योजना हिन होइन,योजनावद्ध सक्रियतामा अघि बढ्छौँ । निराशामा उभिएर होइन, आशावादीताकासाथ अघि बढेर आशावादीता, योजनावद्धता, सक्रियता र धैयर्ताका साथ अघि बढ्छौँ । जबसम्म परिस्थिति ठिक बनाउन सकिँदैन, धैयर्तापूर्वक हामी सक्रिय ढंगले, योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ । लाग्नुपर्दछ । हामी सबै एक ठाउँ छौँ, एक ठाउँ भएर लाग्नुपर्दछ । समाजका सम्पूर्ण सेक्सनहरु सबैलाई उठाउन सक्नुपर्दछ । करप्सन कन्ट्रोल र करप्शनको अन्त्य गर्ने संकल्पका साथ हामी अघि बढेका छौँ । मलाई विचित्र लाग्छ, नेपाल यति साह्रै झुट बोल्ने अभ्यासमा कहिल्यै पनि थिएन । यस्तो झुट बोल्ने अभ्यास चलाएको छ, गोएबल्स थेउरी भन्ने जे पनि बोलेको छ बोलेको छ । मान्छे हेर्दा भलाद्मी देखिन्छ, केके बोलेको छ । यसबाट जोगिनुपर्छ, सही र गलत छुट्याएर अघि बढ्नुपर्छ । डेमोक्रेसी भनेको हाइवे हो । हाइवेमा ब्याक गेयर लगाइँदैन । डेमोक्रेसी इज अ हाइ वे । यसमा ब्याक गेयर लगाइँदैन, अघि बढिन्छ ।’

प्रधानमन्त्री ओलीले सरकार योजनावद्ध गतिका साथ अघि बढिरहेको बताउनु भयो ।