२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दी सिनेमामा डेब्यु गर्दै डेभिड वार्नर



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेभिड वार्नर क्रिकेटपछि अब फिल्म क्षेत्रमा देखिने भएका छन् ।

वार्नरले तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्शन ड्रामा ‘रोबिनहुड’बाट डेब्यु गर्दैछन् । वार्नरले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट सेयर गरेका छन् । जसमा उनले फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन् ।

निर्देशक भेन्की कुदुमुलाको आगामी तेलुगु एक्शनर रोबिनहुडलाई मिथ्री मूभी मेकर्सद्वारा निर्माण गरिएको हो । प्रोडक्सन हाउसले शनिबार अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरलाई भारतीय सिनेमामा औपचारिक रूपमा स्वागत गरेको छ ।

रोबिनहुड मार्च २८ मा हलमा रिलिज हुनेछ । फिल्मको बारेमा डेभिड वार्नरले भने, ‘यो फिल्मको सुटिङ निकै रमाइलो थियो । म भारतीय सिनेमामा आउँदैछु । फिल्मलाई लिएर निकै उत्साहित छु ।’

चलचित्र रोबिनहुडमा अभिनेता नितिन मुख्य भूमिकामा देखिनेछन् । यसमा नितिनले एक चोरको भूमिका निभाएका छन्, जसले धनी घरबाट चोरेर त्यो पैसा गरिबलाई बाँडिदिन्छ ।