१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.93

Wind: 1.54

Humidity: 49

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठक बस्दै, के-के छन् कार्यसूची ?



अ+ अ-

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा तीन वटा सम्भावित कार्यसूची तय भएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत गर्नुहुने छ ।

अर्थमन्त्री पौडेलले नै ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।