८ पुष २०८२, मंगलवार
,
Latest
आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताः आठ टोली फाइनलमा प्रवेश



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा आठ टोली फाइनलमा प्रवेश गरेका छन् ।

मादी नगपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन सेमिफाइनलका खेलहरू सम्पन्न भएका छन् । आज ओखरबोटे बजारको कभर्डहलमा भएको सेमिफाइनल खेलबाट पुरुष डबल भेट्रान्सतर्फ पोखराका विशाल खड्का, मोरङका उत्तम सिम्खडा र सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् ।

खुल्ला पुरुष डबलतर्फ उदयपुरका विनय चौधरी, मोरङका लाक्पा शेर्पा र सङ्खुवासभाका सुनिलजङ्ग कार्की भोजपुरका विशाल तामाङ फाइनल प्रवेश गरेका छन् । पुरुष डबस ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दिनेश राई, दिवन तामाङ र सङ्खुवासभाका सन्दीप भगत र गङ्गालाल श्रेष्ठ फाइनल प्रवेश गरेका छन् । त्यसैैगरी, महिला डबल उदयपुरका रोजी राई, सृष्टि राई र इलामकी निशामहाङ्मा सुब्बा र सङ्खुवासभाकी एलिना श्रेष्ठ फाइनल प्रवेश गरेका छन् ।

‘विकास, अनुशासन र गतिशीलताका लागि पृथक पहिचान, मादी नगरपालिकाको शान’ भन्ने नाराका साथ बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका विभिन्न राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको नगरप्रमुख जीवन लिङ्थेपले बताउनुभयो । पुरुष डबलतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः नगद रु ७५ हजार, रु ५० हजार र रु २०/२० हजार प्राप्त गर्नेछन् । पुरुष डबल भेट्रान्सतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी,  मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार, रु ३० हजार र रु १०/१० हजार प्राप्त गर्नेछन् ।

यस्तै, महिला डबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु ४० हजार, रु ३० हजार र रु १०/ १० हजार प्राप्त गर्नेछ । ब्याडमिन्टन प्रतियोगितामा ५९ वटा टोलीले सहभागी भएका आयोजकले जनाएको छ । आइतबार प्रतियोगिताको समापन खेल हुँदैछन् । रासस