२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

गुल्मीमा हत्या र काभ्रेपलाञ्चोकमा शृङ्खलाबद्ध डकैतीमा संलग्न पक्राउ

गुल्मीमा हत्या र काभ्रेपलाञ्चोकमा शृङ्खलाबद्ध डकैतीमा संलग्न पक्राउ
अ अ+ अ-

काठमाडौँ। शृङ्खलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुल्मीमा भएको हत्या र लुटपाट तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा डाँका चोरीमा संलग्न उनलाई आज ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो ।

विकास, मोटे, अर्जुन भन्ने नामबाट आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका ४१ वर्षीय तामाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा डलर ठगी, ललितपुरमा डाँका चोरी तथा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा शान्ति सुव्यवस्था तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।

तामाङको मुख्य योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मीको मुसिकोट नगरपालिका–७ मा अवस्थित गङ्गा होटलका सञ्चालक ५८ वर्षीय गोपालकुमारी शेरचनलाई होटलमा हातखुट्टा र मुखमा टेपले बाँधी गरगहना र नगद लुटी हत्या गरी फरार भएका थिए ।

निज तामाङले २०७९ कात्तिक २७ गते काभ्रेको धुलिखेल नगरपालिका–९ फस्कोटमा विक्रम तामाङको घरमा लुटपाट र २०८१ साउन ३१ गते काभ्रेकै पनौती नगरपालिका–५ चौकोटमा धर्मगोपाल श्रेष्ठको होटलबाट रु ४० हजार डकैती गरेको अनुसन्धानबाट खुलेको छ ।

तामाङको समूहले काभ्रेको बनेपा नगरपालिका–३ टनचोक डाँडामा लोप्चन लामाको घरमा प्रवेश गरी तीन थान मोबाइल, नगद, गरगहना र विभिन्न धनमाल र बनेपा नगरपालिका–४ रेडक्रस टोलमा सुकान्त बम्जनको घरमा धारिलो हतियार देखाइ सुनका गरगहना तथा नगद धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

लुटपाटका घटनामा तामाङ र निजको सहोदर दाई वीरबहादुरसहित चार जनाको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सो घटनामा संलग्न वीरबहादुरसहित उदयपुरका ३७ वर्षीय राजुकुमार दनुवार, ओखलढुङ्गाका ५२ वर्षीय महेशकुमार खड्कालाई विभिन्न मितिमा पक्राउ परी कानुनी कारबाहीको प्रक्रियामा रहेका छन् ।

मुख्य योजनाकार बुद्धिमानको सहोदर कान्छो भाइ चमेरे भन्ने शिवकुमार तामाङ गुल्मी हत्या कसुरमा पुर्पक्षका लागि हाल कारागारमा रहेका छन् । आज पक्राउ परेका बुद्धिमानलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको ब्यूरोका प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

‘कल बाइपास’ मा संलग्न पक्राउ

यसैबीच ब्यूरोले अवैध अन्तरराष्ट्रिय कल तथा एसएमएस बाइपासमा संलग्न १९ वर्षीय धिरज पटेललाई पक्राउ गरेको छ । नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधि सहयोग र समन्वयमा ब्यूरोबाट खटिइएको प्रहरीले टोलीले उनलाई पर्साको वीरगन्ज महानगरपालिका–३० स्थित लालपर्साबाट नियन्त्रणमा लिएको हो ।

सो क्षेत्रमा दुईवटा घरमा कोठा भाडा लिएर इन्टरनेटमार्फत कल बाइपास गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । प्रहरीले निजको साथबाट भिओआइपी गेटवे तीन थान, एनसेल कम्पनीको सिमकार्ड १४ थान, राउटर चार थान, ल्यापटप दुई थान, ब्याट्री र इन्र्भटर दुई थानलगायत बाइपास गर्ने विभिन्न उकरण बरामद गरेको छ । रासस