२५ असार २०८३, बिहीबार
,
Latest
तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन नयाँ शक्तिको उदय आर्थिक–सामाजिक असन्तोषको परिणाम, दीर्घकाल टिक्दैन : एमाले महासचिव शंकर पोखरेल भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाहरुको फुटबल प्रतियोगिता



अ+ अ-

म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ ।

जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह ९ए०ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेकोे छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ ।

जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले “आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो”, उहाँले भन्नुभयो, “खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।”

आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् ।

मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।