४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 10.96

Wind: 1.54

Humidity: 54

Latest
पाँचौ एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न: ३२ विधामा अवार्ड प्रदान एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान ५२ लाख पुरस्कारको १७औं धर्मश्रीको तयारी पूरा क्षितिज र नीता यलम्बर ब्याडमिन्टन च्याम्पियन चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट आगामी बजेटमा करका दर भन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ: सभापति देउवा अफगानिस्तानमा जुनसम्ममा ८० प्रतिशत सेवाहरू बन्द हुने डब्लुएचओको चेतावनी बाइडेनले आफ्ना विपक्षीलाई दिएको माफी रद्द गर्ने ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन



अ+ अ-

काठमाडौं । वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । भारतको आसाममा गएराति १० बजेर १० मिनेटमा उहाँको निधन भएको हो ।

क्षेत्रीको निधनबारे जानकारी गराउदै स्थानीय साहित्यकार तथा प्राध्यापक खगेन शर्माले सामाजिक संञ्जालमा लेख्नु भएको छ- १ मार्च १९३३ मा जन्मनु भएको नेपाली साहित्यका नक्षत्र पद्मश्री लीलबहादुर क्षेत्री सरको १३ मार्च २०२५ राति १०(१० बजे महाप्रस्थान भएको सबैलाई थाहा भइसक्यो होला। नेपाली साहित्यको एउटा धुरी खाँबो ढल्यो। आसाम शोकमा परेको छ।

नेपाली साहित्यमा लीलबहादुर छेत्रीको स्थान महत्वपूर्ण छ । उहाँ एक सफल उपन्यासकार, कथाकार, निबन्धका हुनुहुन्थ्यो । उहाँको पहिलो रचना सन् १९४९ मा शालाङको एउटा वाणी प्रिन्टिङ प्रेसबाट प्रकाशित भएको थियो । हालसम्म उहाँका प्रकाशित पुस्तकहरूमा बसाईं (१९५७), अतृप्त (१९६८), ब्रह्मपुत्रका छेउछाउ (१९८६), प्रतिध्वनि विस्मृतिका (२००४) जस्ता उपन्यास छन् । उहाँका तीन दशक बिस अभिव्यक्ति (१९८३), लीलबहादुर छेत्रीका कथाहरू (१९९७) र कहिल्यै नफुक्ने गाँठो (२०१३) गरी तीन वटा कथासङ्ग्रह प्रकाशित छन् ।

उहाँको जन्म सन् १९३३ मार्च १ मा गौहाटीमा भएको हो । उहाँले आफ्नो प्राथमिक शिक्षा शिलाङबाट गर्नुभएको थियो । स्नातक भने गौहाटीको प्रसिद्ध कटन कलेजबाट अर्थशास्त्र अनर्स विषय लिएर सन् १९५६ मा गर्नुभएको थियो । त्यसपछि गौहाटी विश्वविद्यालयबाट सन् १९५८ मा अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययन समाप्त गर्नुभएको थियो ।

आफ्नो सरकारी सेवाका क्रममा उनले सन् १९५९ देखि २१९६७ सम्म आकाशवाणी गौहाटीमा नेपाली कार्यक्रम परिचालन गरेका थिए । त्यसबिचमा उनले सन् १९६२ देखि नै आर्य विद्यापीठ भन्ने महाविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापकको नियुक्ति पाउनुभएको थियो । उाँले गौहाटीको आखाशनवाणी केन्द्रको उक्त सेवालाई छोडेर महाविद्यालयमा नै पूर्णकालीक सेवा प्रदान गरिरहे । उनले त्यहाँ लगभग बत्तीस वर्ष जति प्राध्यापन गरेर सन् १९९४ मा सेवानिवृत्त हुनुभएको थियो ।

लीलबहादुर छेत्री असामका विभिन्न साहित्यिक संस्थासित सक्रिय रूपमा संलग्न हुनुहुन्थ्यो । उहाँलाई हाम्रो ध्वनि पत्रिकाको सर्वेक्षणअनुसार असमका नेपाली लेखकहरूबिचमा शताब्दी पुरुष भन्ने उपाधि पनि प्रदान गरिएको थियो । उहाँले दियालो पुरस्कार, भानुभक्त पुरस्कार पश्चिम बङ्गाल सरकार (१९८५), साहित्य अकादमी पुरस्कार, नयाँ दिल्ली, १९९७, वेदनिधि पुरस्कार, काठमाडौँ, अगम स्मृति पुरस्कार, सिक्किम, अभिजमान स्मृति, कुवैत, नइ–देरूनिख अन्तर्राष्ट्रिय पुरस्र, हरिभक्त कटुवाल स्मृति पुरस्कार, पद्म प्रसाद ढुङ्गाना, पुरस्कार, देवकोटा शतवार्षिकी भानुजयन्ती समारोहलगायतका पुरस्कार प्राप्त गर्नुभएको छ । यसबाहेक उहाँलाई द्विशतकीय भानुजयन्ती समारोह, काठमाडौँ, भानु प्रतिष्ठानद्वारा रथारोहन सम्मान, बग्गीमा नगर परिक्रमा आदिद्वारा सम्मानित पनि गरिएको थियो ।