२९ श्रावण २०८३, शुक्रबार
,
Latest
पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु लागुऔषधसहित एघार जना पक्राउ देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस् जाजरकोटमा बाढीले घर र पुल बगायो काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल जलवायु नीति निर्माणमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्छौँ : मन्त्री चौधरी सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो बागमतीमा मुख्यमन्त्री बानियाँले भदौ ३ गते विश्वासको मत लिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण



अ+ अ-

काठमाडौँ । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) ले जनाएको समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै सुरु भएको बढ्दो व्यापार युद्धका कारण बजारलाई प्रभावित पार्न सक्ने देखिएको छ ।

आइइएको तथ्याङ्क अनुसार ‘फेब्रुअरी र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । विश्वव्यापी अर्थव्यवस्थामा व्यापार युद्धको प्रभावको बारेमा चिन्ता बढेको छ र ओपेक प्लस समूहले अर्को महिना उत्पादन बढाउने योजनाको पुष्टि गरेको छ ।

सन् २०२५ मा विश्वव्यापी तेलको माग दैनिक १० लाख ब्यारेल (बिपिडी) ले बढ्ने अनुमान गरिएको छ । यो सन् २०२४ मा आड लाख ३० हजार बिपिडी थियो । यसले यस वर्षको समग्र मागलाई तेलको कम मूल्य र चीनबाट आउने मागमा वृद्धिका कारण दश लाख ३९ हजार बिपिडीमा लैजानेछ।

विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकायले सन् २०२४ को अन्तिम त्रैमासिक र यस वर्षको पहिलो तीन महिनाका लागि आफ्नो अनुमान घटाएको जनाएको छ ।

“नयाँ अमेरिकी करले सन् २०२५ मा विश्वव्यापी व्यापार र आर्थिक वृद्धिमा अवरोधको रूपमा काम गर्नेछ,” आईईएले आफ्नो मासिक तेल बजारबारे तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

आइइएका अनुसार आपूर्ति यस वर्ष छ लाख बिपिडीभन्दा बढी हुने अनुमान गरिएको छ, बिहीबार यो मूल्याङ्कनले कच्चा तेलको मूल्य घटाउन मद्दत गर्ने देखिएको छ ।

कच्चा तेलको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने ब्रेन्टको मूल्यमा ०.५ प्रतिशत कमी आई ग्रीनविच समएअनुसार बिहीबार बिहान १०ः५० प्रति ब्यारेल ७०.५७ डरमा कारोबार भएको छ ।