५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलिक फागु संरक्षणमा जुट्दै स्थानीयवासी



अ+ अ-

 मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो ।
औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो ।
हाय हाय रगत के मसिया बनावे सखियाँ ।
धड्कन लाग्यो छाती हो ।
फागु खेलन हो…हुरी खेलन..राजाको आँगनमा हुरी खेलन…..

लोप हुनलागेका यी र यस्तै फागु गीत गाएर यहाँको तानसेन नगरपालिका–१३ छेर्लुङ्गका टोल–टोलमा तीन दिनदेखि सर्वसाधारण फागु खेलिरहेका छन् । पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको चार÷पाँच दिन अघिदेखि यी गीत गाउने परम्परालाई यहाँका युवा र पाका पुस्ता मिलेर ब्युँताइरहेका छन् । उनीहरु यस्ता गीत गाउँदै टोलवस्तीमा पुगिरहेका छन् ।

छेर्लुङ्गमा आज बिहानैदेखि युवा र पाका पुस्ता फागु गीत गाउँदै रमाइरहेको दृश्य देखिएको छ । उनीहरु ट्याम्को, ढोलक, मादल र मुजुराको तालसँगै लयबद्ध बनाउँदै, गाउँदै होलीको रङ्सँग रमाएका छन् ।

आधुनिकता र प्रविधिको विकाससँगै होली खेल्ने प्रचलन बढेपछि मौलिक फागु हराउन लागेका बेला छेर्लुङ्गवासी भने परम्परा सरंक्षणमा जुटेको स्थानीय किशोर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई÷ तीन दिनदेखि यहाँका युवा र पाका स्वतःस्फूर्त रूपमा सबै टोलमा समूह बनाएर उत्साहका साथ फागु सिकाउने, गाउने र नाच्ने गरिरहेका छन् ।”

फागु खेलेर सङ्कलित केही रकम साथीभाइ मिलेर रमाइलो गर्ने र बाँकी रकम सामाजिक कार्यमा खर्च गर्ने गरिने उहाँले बताउनुभयो । यहाँ त्रेता युगमा भगवान विष्णुका भक्त प्रह्लादको कथामा आधारित भई फागु गीत गाउने प्रचलन छ ।

फागु गीत भाका र ठाउँअनुसार फरक–फरक भएपनि टेम्को, ढोलक, डम्फु, मजुरा मादल बजाएर गीतअनुसार नाचिने स्थानीय धनबहादुर भट्टराई बताउनुहुन्छ । दुई दशक अघिसम्म पाल्पासहित पहाडी जिल्लाका विभिन्न गाउँ र टोलहरुमा यसरी गाइने मौलिक फागु अहिले सीमित समूह र टोलमा मात्रै देख्न पाइन्छ ।

यहाँका चिदीपानी, भैरवस्थान, देउराली, खस्यौली, ख्याहा सोमादीको सर्देवा, बराङदीलगायतका गाउँमा टेम्को, ढोलक, डम्फु, मजुरा बजाएर फागु खेल्ने प्रचलन कायमै छ । यहाँ पाका पुस्ताले युवा पुस्तालाई सिकाउँदै आएका छन् ।रासस