२९ श्रावण २०८३, शुक्रबार
,
Latest
युवाले जलवायु परिर्वतनलाई गहिराइबाट बुझ्नुपर्छः डा.महेश्वर ढकाल मानव अधिकार आयोगका ५२ प्रतिशतभन्दा बढी सिफारिस कार्यान्वयन भएनन् नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजानुपर्ने मन्त्री पौडेलको धारणा हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढ्नुपर्छ : सभामुख अर्याल ‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’: सभामुख अर्याल व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु लागुऔषधसहित एघार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन आपूर्तिमा संलग्न भएको आरोपमा दोषी ठहर गरिएको स्थानीय मिडियाले जनाएको छ ।

सेवानिवृत्त लेग स्पिनरले सन् २०२१ मा आफ्नो व्यक्तिगत कोकिन डिलरलाई एक सहयोगीसँग परिचय गराएको प्रहरीले जनाएको छ ।

त्यसपछि ती दुई जनाले आपसमा दुई लाख अमेरिकी डलरको लागूपदार्थ सम्झौता गरेको प्रहरीले जनाएको छ ।

यद्यपि म्याकगिल त्यसपछिको कारोबारमा संलग्न नभए पनि जुरीले ५४ वर्षीय म्याकगिललाई जानीजानी प्रतिबन्धित लागूपदार्थको आपूर्तिमा सहभागी भएको दोषी ठहर गरेको राष्ट्रिय प्रसारक एबिसीले बताएको छ ।

जुरीले उहाँलाई व्यावसायिक स्तरको लागूपदार्थ आपूर्तिमा संलग्न हुने अझ गम्भीर आरोपमा निर्दोष ठहर गरेको छ ।

म्याकगिलले सन् १९९८ देखि सन् २००८ सम्म अस्ट्रेलियाका लागि ४४ टेस्ट खेल्नुभएको थियो ।

उहाँको करियर शेन वार्नको करियरसँग मेल खान्थ्यो । शेन वार्नलाई व्यापक रूपमा सर्वकालीन सर्वश्रेष्ठ स्पिन बलर मानिन्छ ।