६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०० चिनियाँ फोटोग्राफरको आँखामा बसन्तपुरको फागु-फोटो फिचर



अ+ अ-

काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका एक सय चिनियाँ फोटोग्राफरले फागु उत्सव दृश्यमा कैद गरेका छन् ।

चाइना नेपाल फ्रेन्डसिप फोरम र राष्ट्रिय फोटो पत्रकार समूहको सयोजनमा नेपाल चिनियाँ फोटोग्राफरहरु फागु पर्व संगै संस्कृति, सम्पदा र पर्यटनको फोटो खिच्न नेपाल आएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालको पर्यटन प्रवद्र्धनका लागि चिनियाँ फोटोग्राफरहरु लाई आमन्त्रण गरिएको फोरमका संयोजक डा कल्याणराज शर्माले जानकारी दिनुभयो ।

चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक, तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवद्र्धन गर्नेछन् । चिनियाँ फोटोग्राफरलाई फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रंगमय नेपालको फोटो खिच्ने प्रबन्ध गरिएको राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली, तथा परम्परागत सम्पदाहरूलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन् ।

नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन यस्तो कार्यक्रमले विशेष योगदान पुर्‍याउने विश्वास लिएको छ ।

तस्बिर : प्रदीप राज वन्त