८ श्रावण २०८३, शुक्रबार
,
Latest
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०० चिनियाँ फोटोग्राफरको आँखामा बसन्तपुरको फागु-फोटो फिचर



अ+ अ-

काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका एक सय चिनियाँ फोटोग्राफरले फागु उत्सव दृश्यमा कैद गरेका छन् ।

चाइना नेपाल फ्रेन्डसिप फोरम र राष्ट्रिय फोटो पत्रकार समूहको सयोजनमा नेपाल चिनियाँ फोटोग्राफरहरु फागु पर्व संगै संस्कृति, सम्पदा र पर्यटनको फोटो खिच्न नेपाल आएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालको पर्यटन प्रवद्र्धनका लागि चिनियाँ फोटोग्राफरहरु लाई आमन्त्रण गरिएको फोरमका संयोजक डा कल्याणराज शर्माले जानकारी दिनुभयो ।

चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक, तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवद्र्धन गर्नेछन् । चिनियाँ फोटोग्राफरलाई फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रंगमय नेपालको फोटो खिच्ने प्रबन्ध गरिएको राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली, तथा परम्परागत सम्पदाहरूलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन् ।

नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन यस्तो कार्यक्रमले विशेष योगदान पुर्‍याउने विश्वास लिएको छ ।

तस्बिर : प्रदीप राज वन्त