२५ असार २०८३, बिहीबार
,
Latest
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन नयाँ शक्तिको उदय आर्थिक–सामाजिक असन्तोषको परिणाम, दीर्घकाल टिक्दैन : एमाले महासचिव शंकर पोखरेल भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा, कुन टिम कोसँग भिड्नेछन् ?



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

अन्तिम १६ का दोस्रो लेगका खेलहरु सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलिको टुंगो लागेको हो । गएराति भएका खेलहरुमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो ।

यस्तै, इंग्लिस क्लब आर्सनलले डच क्लब पिएसभीसँग २–२ को बराबरी खेलेपनि समग्रमा ९–३ को नतिजासहित क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

यस्तै, इंग्लिस क्लब इस्टन भिल्ला बेल्जियन क्लब ब्रुगलाई ३–० ले हराउँदै समग्रमा ६–१ को नतिजासहित क्वाटरफाइनलमा प्रवेश गर्दा जर्मन क्लब बोरुसिया डर्टमण्डले फ्रेञ्च क्लब लिललाई २–१ ले हराउँदै समग्रमा ३–२ को नतिजासहित क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

क्वाटरफाइनल समीकरण:
बायर्न म्युनिख भर्सेस इन्टर मिलान
आर्सनल भर्सेस रियल मड्रिड
बार्सिलोना भर्सेस डर्टमण्ड
पिएसजी भर्सेस एस्टन भिल्ला

क्वाटरफाइनलका पहिलो लेगका खेलहरु अप्रिल ८ मा हुनेछन् ।