२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा, कुन टिम कोसँग भिड्नेछन् ?



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

अन्तिम १६ का दोस्रो लेगका खेलहरु सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलिको टुंगो लागेको हो । गएराति भएका खेलहरुमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो ।

यस्तै, इंग्लिस क्लब आर्सनलले डच क्लब पिएसभीसँग २–२ को बराबरी खेलेपनि समग्रमा ९–३ को नतिजासहित क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

यस्तै, इंग्लिस क्लब इस्टन भिल्ला बेल्जियन क्लब ब्रुगलाई ३–० ले हराउँदै समग्रमा ६–१ को नतिजासहित क्वाटरफाइनलमा प्रवेश गर्दा जर्मन क्लब बोरुसिया डर्टमण्डले फ्रेञ्च क्लब लिललाई २–१ ले हराउँदै समग्रमा ३–२ को नतिजासहित क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

क्वाटरफाइनल समीकरण:
बायर्न म्युनिख भर्सेस इन्टर मिलान
आर्सनल भर्सेस रियल मड्रिड
बार्सिलोना भर्सेस डर्टमण्ड
पिएसजी भर्सेस एस्टन भिल्ला

क्वाटरफाइनलका पहिलो लेगका खेलहरु अप्रिल ८ मा हुनेछन् ।