८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

होलीले समुदायलाई एकताबद्ध बनाउन सघाउँछ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फागु अर्थात् होलीले पर्वले समुदायलाई एकताबद्ध गर्न सहयोग पुर्‍याउने बताउनुभएको छ ।

होलीको शुभकाना दिँदै अध्यक्ष दाहालले रंगहरुको पर्व होलीले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्ने बताउनुभएको हो । उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान भएको समेत शुभकामना सन्देशमा लेख्नुभएको छ ।

उहाँले भन्नुभएको छ– ‘प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सास्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन । हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन । समुदायलाई एकताबद्ध गर्न सघाउँछन । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन ।’

आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ ।