२९ मंसिर २०८२, सोमबार
,
Latest
महाधिवेशन प्रतिनिधिहरुलाई पाण्डेको आग्रह– कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध गर्न सहयोग गर्नुस् पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँः ईश्वर पोखरेल एमाले फुट्दैन, अझ सशक्त भएर अघि बढ्छः पृथ्वीसुब्बा गुरुङ राखुका किसानलाई सुन्तला ढुवानीको समस्या लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी आयोजनाका काम सक्न मुख्यमन्त्री कँडेलको निर्देशन



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्मीसँगै खानेपानीका समस्या बढ्ने भएकाले समयमा काम सक्न निर्देशन दिनुभएको छ ।

आज सुर्खेतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन एकाईले आयोजना गरेको वीरेन्द्रनगर नगरपालिका तथा शारदा नगरपालिकाको प्रगति समीक्षा र बजेट व्यवस्थापन सम्बन्धी बैठकलाई सम्बोधन गर्दै उहाँले खानेपानीको समस्या समाधान गर्न आयोजना अन्तर्गतका काम तीव्र बनाउन निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रदेशको जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा, आयोजना प्रमुख सञ्जितकुमार शाह वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सचिवलगायतको उपस्थिति थियोे । रासस