६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी आयोजनाका काम सक्न मुख्यमन्त्री कँडेलको निर्देशन



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्मीसँगै खानेपानीका समस्या बढ्ने भएकाले समयमा काम सक्न निर्देशन दिनुभएको छ ।

आज सुर्खेतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन एकाईले आयोजना गरेको वीरेन्द्रनगर नगरपालिका तथा शारदा नगरपालिकाको प्रगति समीक्षा र बजेट व्यवस्थापन सम्बन्धी बैठकलाई सम्बोधन गर्दै उहाँले खानेपानीको समस्या समाधान गर्न आयोजना अन्तर्गतका काम तीव्र बनाउन निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रदेशको जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा, आयोजना प्रमुख सञ्जितकुमार शाह वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सचिवलगायतको उपस्थिति थियोे । रासस