११ चैत्र २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोचेअनुसारको काम गर्न सकेको छैनः मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री भइसकेपछि सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री बनेको ४÷५ महिना भएको जस्तो आफूलाई लागे पनि ८ महिना पुगेको तर सोचेअनुसारका योजना अघि बढाउन नसकेको बताउनु भयो । उहाँले आइटी, टेलिकम क्षेत्रलाई व्यवस्थित बनाएर जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले शासकीय शैलीमा सुधार नगरी अघि बढ्न नसकिने बताउनु भयो । उहाँले पुरानो शासकीय शैलीबाट अब अघि बढ्न नसक्ने जिकिर गर्नुभयो । उहाँले अध्यादेशलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्री बनेको आज ८ महिना भइसकेछ । बितेकै थाहा छैन । ४÷५ महिना भयो होला जस्तो लागेको थियो । अस्ति पो ८ महिना पुगिसक्यो । असारको ३१ गते मन्त्री भएको भन्छन् । यो ८ महिनामा सिन्कै भाँच्न सकेको छैन त म भन्दिनँ । तर खोजेको परियोजना भएन । म आफैँले आफैँलाई रिभ्यु गर्दा । टेलिकम इण्डस्ट्री राम्रोसँग अघि बढाउनु पर्नेछ । आइटी इण्डस्ट्री पनि व्यवस्थित र राम्रो बनाउनुपर्छ ।’

मन्त्री गुरुङले जनताको सूचनाको हक प्रवद्र्धन, जनताको अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धि गर्नेकुरामा कुनै सम्झौता नहुने बताउनु भयो । उहाँले सामाजिक सञ्जालबाट हुने अपराधपूर्ण कामहरुलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल सम्बन्धी विधेकय ल्याइएको बताउनु भयो ।