११ श्रावण २०८३, सोमबार
,
Latest
दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न आज संघीय संसदका तीन समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोचेअनुसारको काम गर्न सकेको छैनः मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री भइसकेपछि सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री बनेको ४÷५ महिना भएको जस्तो आफूलाई लागे पनि ८ महिना पुगेको तर सोचेअनुसारका योजना अघि बढाउन नसकेको बताउनु भयो । उहाँले आइटी, टेलिकम क्षेत्रलाई व्यवस्थित बनाएर जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले शासकीय शैलीमा सुधार नगरी अघि बढ्न नसकिने बताउनु भयो । उहाँले पुरानो शासकीय शैलीबाट अब अघि बढ्न नसक्ने जिकिर गर्नुभयो । उहाँले अध्यादेशलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्री बनेको आज ८ महिना भइसकेछ । बितेकै थाहा छैन । ४÷५ महिना भयो होला जस्तो लागेको थियो । अस्ति पो ८ महिना पुगिसक्यो । असारको ३१ गते मन्त्री भएको भन्छन् । यो ८ महिनामा सिन्कै भाँच्न सकेको छैन त म भन्दिनँ । तर खोजेको परियोजना भएन । म आफैँले आफैँलाई रिभ्यु गर्दा । टेलिकम इण्डस्ट्री राम्रोसँग अघि बढाउनु पर्नेछ । आइटी इण्डस्ट्री पनि व्यवस्थित र राम्रो बनाउनुपर्छ ।’

मन्त्री गुरुङले जनताको सूचनाको हक प्रवद्र्धन, जनताको अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धि गर्नेकुरामा कुनै सम्झौता नहुने बताउनु भयो । उहाँले सामाजिक सञ्जालबाट हुने अपराधपूर्ण कामहरुलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल सम्बन्धी विधेकय ल्याइएको बताउनु भयो ।