३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र रुसका गुप्तचर प्रमुखहरू नियमित सम्पर्क कायम राख्न सहमत



अ+ अ-

एजेन्सी । अमेरिका र रुसका गुप्तचर निकायका प्रमुखहरूले फोनमा कुराकानी गरेको र अमेरिका–रुस सम्बन्धमा तनाव कम गर्न नियमित सम्पर्क कायम राख्न सहमत भएको बुधबारका समाचार रिपोर्टहरूले जनाएका छन् ।

धेरै वर्षपछि पहिलो पटक यस्तो सम्पर्कमा सिआइए प्रमुख जोन र्‍याटक्लिफ र रुसको बाह्य गुप्तचर एजेन्सी एसभिआरका प्रमुख सर्गेई नारिस्किनले मङ्गलबार फोनमा कुरा गर्नुभएको सरकारी तास एजेन्सीले जनाएको छ ।

उहाँहरू आफ्ना एजेन्सीहरूबीच ‘अन्तर्राष्ट्रिय स्थिरता र सुरक्षामा योगदान पुर्‍याउनका साथै मस्को र वासिङ्टनबीचको सम्बन्धमा द्वन्द्व कम गर्न’ ‘नियमित सम्पर्क’ गर्न सहमत हुनुभएको छ ।

यो फोनवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षे युक्रेन सङ्घर्ष अन्त्य गर्ने प्रतिज्ञा गर्दै पदभार सम्हालेपछि पहिलो यस्तो सम्पर्क थियो ।

युक्रेनले ३० दिनको युद्धविरामका लागि अमेरिकी प्रस्तावलाई समर्थन गरेको र साउदी अरबमा सङ्कटपूर्ण वार्तामा रुससँग तत्काल वार्ता गर्न सहमत भएकै दिन यो फोनवार्ता भएको थियो ।

सिआइए र एसभिआरका प्रमुखहरूबीच अन्तिम सम्पर्क सन् २०२२ नोभेम्बरमा भएको थियो । त्यसबेला नारिस्किनले अङ्कारामा तत्कालीन सिआइए प्रमुख विलियम बन्र्ससँग कुरा गर्नुभएको थियो ।