२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने



अ+ अ-

काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रवन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गर्नुभएको हो । उहाँले दक्षिण एशियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गर्दै आफूहरु नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताउनु भयो ।

नेपाल आर्थिक पत्रकार समाजले आज राजधानीमा गरेको एक कार्यक्रममा उहाँले भन्नुभयो– ‘अगामी १२–३६ महिनामा स्पेक्ट्रम अनुकुलनको लागि टुजी र थ्रिजीको सेवा बन्द गर्न अपरेटरहरूलाई सहयोग गर्दैछौं । हामी २०२५ मा ३ जी बन्द गर्दैछौं र टु जी २०२७ मा बन्द हुन सक्छ, ।’

उहाँले अहिले पनि ३.३ मिलियन टु जी ह्याण्डसेट रहेको बताउँदै नयाँ प्रविधिलाई अघि बढाउन ति सेटहरु बाधक रहेको बताउनु भयो ।