५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.86

Wind: 1.03

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैनः नारायणकाजी श्रेष्ठ



नारायणकाजी श्रेष्ठ (फाइल तस्वीर)
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको बताउनु भयो । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानूनी व्यवस्था रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘चेकमा गलत एमाउन्ट लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ । त्यसकारण गल्ती छ भने त्यो समयमा सँच्चिहाल्छ ।’

उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरिबाना गर्ने नगर्ने लगायतका विषयमा कानूनी व्यवस्था भइसकेको बताउनु भयो ।