२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नमिबियाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तत नामिबियाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जित्दै नामिबियालाई ब्याटिङको निम्तो दिइन् ।

जारी प्रतियोगितामा दुई हार बेहोरेको नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा युगान्डालाई एक विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।

नेपाल प्रतियोगितामा अघि बढ्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । नामिबियाले पनि नेपालबाहेक अन्य टोलीलाई हराउन सकेको छैन । यसअघि हङकङसँग चार विकेटले पराजित भएको नामिबिया युगान्डासँग एक रनले पराजित भएको थियो ।