११ चैत्र २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरआर क्याम्पसमा स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण



अ+ अ-

काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्ववियुको सचिवका उम्मेदवार दिपक देवकोटामाथि आक्रमण भएको छ ।

बुधवार स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटामाथि १०–१२ जना विद्यार्थीहरुले आक्रमण गरेका हुन् ।

देवकोटामाथि एमाले निकट अनेरास्ववियुमा आवद्ध निराजन भट्टसहितको समूहले आक्रमण गरेका बताईएको छ । भट्ट अनेरास्ववियुको सभापति उम्मेदवार लोकेश खड्का निकटका हुन् ।

आक्रमणमा संलग्नहरुविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गर्ने तयारी भएको सापकोटाले बताए ।