२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनविरुद्धको मुद्दा न्यायधीशद्वय फुयाल र पाण्डेयको इजलासमा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते उनीविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै रिट दायर गरेकी थिइन् । उक्त रिटमा सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।

मेयर शाहले बलिउड चलचित्र आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाल चलचित्र सङ्घले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्चले भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्र नरोक्न भनि आदेश गरेपछि बालेनले अदालत र सरकार भारतको गुलाम भएको भनेर टिप्पणी गरेका थिए ।

बालेनको उक्त टिप्पणीमा अधिवक्ता झा सर्वोच्च पुगेकी थिईन् ।