८ श्रावण २०८३, शुक्रबार
,
Latest
ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली सेवाग्राहीसँग २१ हजार घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्म उप्रेतीः विपद् व्यवस्थापनमा पूर्वतयारी र पुनर्निर्माणलाई तिब्रता दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन



अ+ अ-

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि आज शिवपुरी जङ्गलमा मृत भेटिएका छन् ।

उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा आज तारकेश्वर नगरपालिका–३  पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

उनी श्रीमतीसँग झगडा परेपछि घरबाट हराएका जानकारीप्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उहाँले बताउनुभयो । उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको उहाँले बताउनुभयो । मृत्युको कारण भने नखुलेको पनि उहाँले बताउनुभयो ।

यस्तै तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका–४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा आजै मृतावस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा नयाँ पुलस्थित सडक किनारमा बिग्रिएर पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काभेटरमा आज आगलागी हुँदा जलेर क्षति भएको पनि प्रहरीले जनाएको छ । रासस




भर्खरै