२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेस्तोलसहित पक्राउ परे लागुऔषध कारोबारी



अ+ अ-

काठमाडौँ। अभद्र व्यवहार तथा लागु औषध मुद्दाका प्रतिवादी पेस्तोल र लागुऔषधसहित काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं २ भाडगाउँस्थित मीरा तामाङको घरमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशीलाई प्रहरीले निजको कोठाबाट एक थान पेस्तोल, दुई थान म्यागजिन, १० राउण्ड गोली र २५० ग्राम लागु औषध पोल्याण्ड र ट्रामाडोल ५०० चक्की बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

निज जोशीले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ती वस्तु बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । प्रहरीले निजलाई बरामद हतियार र लागुऔषधसहित आज सार्वजनिक गरेको हो ।

उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ । निज जोशीविरूद्ध २०६१, २०६७ र २०६८ सालमा अभद्र व्यवहार कसुर तथा २०६८ र २०७४ सालमा लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको उहाँले जानकारी दिनुभयो । रासस