२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने बागमती प्रदेश सरकारको निर्णय



अ+ अ-

मनहरी। बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहको खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि २०८१ लाईसमेत स्वीकृत गर्ने निर्णय गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम खड्काले जानकारी दिनुभयो ।

बैठकले प्रदेश अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति गर्ने निर्णय पनि गरेको छ । प्रदेशमा भएका विकास निर्माणका कामलाई अनुगमन, नियमन तथा मूल्याङ्कनका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको मन्त्री खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको भौतिक पूर्वाधार तथा सामाजिक विकासको अनुगमन तथा मूल्याङ्कन नहुँदा समस्या हुँदै आएकाले सो समस्यालाई हल गर्न कानुन निर्माणको तयारी गरिएको हो ।

बैठकले भक्तपुरमा रहेको सात रोपनी सात आना जग्गा यातायात कार्यालयको प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरेको छ । भक्तपुर नखेलमो नेपाल सरकारको नाममा रहेको १० रोपनीमध्ये पाँच रोपनी जनस्वास्थ्य प्रयोगशाला काभ्रेको कार्यालय भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको मन्त्री खड्काले बताउनुभयो ।

यस्तै, भरतपुरको सूर्यविनायक नगरपालिका–७ स्थित नेपाल सरकारको नाममा रहेको १२ रोपनीमध्ये सात रोपनी जग्गा प्रशासनिक कार्य सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने गरी यातायात कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको पनि उहाँले बताउनुभयो । रासस