११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.69

Wind: 1.03

Humidity: 55

Latest
आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेश्नल ग्रल्स आइसिटी डे’ पहलगाममा भएको आतंकवादी हमलाको राप्रपाद्वारा निन्दा पाकिस्तानी सुरक्षा कूटनीतिज्ञलाई भारत छाड्न आदेश, सिन्धु जल सम्झौता स्थगन यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर आफैंले लडेर ल्याएको व्यवस्थामा अलोकतान्त्रिक नेतृत्वविरुद्ध संघर्ष राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने बागमती प्रदेश सरकारको निर्णय



अ+ अ-

मनहरी। बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहको खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि २०८१ लाईसमेत स्वीकृत गर्ने निर्णय गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम खड्काले जानकारी दिनुभयो ।

बैठकले प्रदेश अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति गर्ने निर्णय पनि गरेको छ । प्रदेशमा भएका विकास निर्माणका कामलाई अनुगमन, नियमन तथा मूल्याङ्कनका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको मन्त्री खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको भौतिक पूर्वाधार तथा सामाजिक विकासको अनुगमन तथा मूल्याङ्कन नहुँदा समस्या हुँदै आएकाले सो समस्यालाई हल गर्न कानुन निर्माणको तयारी गरिएको हो ।

बैठकले भक्तपुरमा रहेको सात रोपनी सात आना जग्गा यातायात कार्यालयको प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरेको छ । भक्तपुर नखेलमो नेपाल सरकारको नाममा रहेको १० रोपनीमध्ये पाँच रोपनी जनस्वास्थ्य प्रयोगशाला काभ्रेको कार्यालय भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको मन्त्री खड्काले बताउनुभयो ।

यस्तै, भरतपुरको सूर्यविनायक नगरपालिका–७ स्थित नेपाल सरकारको नाममा रहेको १२ रोपनीमध्ये सात रोपनी जग्गा प्रशासनिक कार्य सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने गरी यातायात कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको पनि उहाँले बताउनुभयो । रासस