१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

जीर्ण सडक कालोपत्र गर्दै लहान नगरपालिका

जीर्ण सडक कालोपत्र गर्दै लहान नगरपालिका
अ अ+ अ-

सिरहा । यहाँको लहान नगरपालिकाले लामो समयदेखि जीर्ण रहेका भित्री सडक कालोपत्र गर्ने भएको छ ।

आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमकोबीच यहाँको ठाना चोकदेखि कटहा चोकसम्म सडक कालोपत्र (अस्फाल्ट) कार्यको शिलान्यास गर्नुभयो ।

यस सडकले लहान नगरपालिका–१, २, ३ र १९ का वडावासी लाभान्वित हुनेछन् । सडक कालोपत्रको शिलान्यास गर्दै नगरप्रमुख चौधरीले निर्धारित समयभित्र गुणस्तरीय सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, उहाँले धुवाँधुलोले आक्रान्त यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो, “सडक कालोपत्र नहुँदा लामो समयदेखि धुँवा र धुलोको समस्याले हैरान भएका भन्दै यहाँका नागरिकको गुनासो थियो । अब त्यसबाट मुक्ति मिल्ने छ ।”

आगामी दिनमा नगरमा रहेका जीर्ण सडक क्रमशः कालोपत्र तथा ढलान गरी नगरबासीलाई गुणस्तरीय सडक उपलब्ध गराउने नगरप्रमुख चौधरीको भनाइ छ ।

रु चार करोड पाँच लाख १३ हजार ८१८ रुपैयाँ (भ्याटसहित) रहेको यस आयोजना आगामी जेठ २ गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

शिलान्यास कार्यक्रममा वडा नं १ का अध्यक्ष युगलकिशोर चौधरीले भित्रि सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएको बताउनुभयो । उहाँले यस प्रकारका आयोजनाले लहान नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान दिने धारणा राख्नुभयो ।