१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा आलु प्रदर्शनी मेला



अ+ अ-

जुम्ला । जिल्ला सदरमुकाम खलङ्गा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना गरिएको छ ।

जिल्लास्थित कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोग र नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा आज स्थानीय चन्दननाथ नगरपालिका–५ स्थित कृष्णमन्दिर प्राङ्गणमा मेला आयोजना गरिएको हो ।

मेलामा जिल्लाका आठ वटै स्थानीय तहका उच्च भूभागमा फल्ने आलु सङ्कलन गरी प्रदर्शनी गरिएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

भूमि समस्या समाधान आयोगका विज्ञ–सदस्य सुमन आचार्यले जिल्लाका आलु कृषकलाई प्रोत्साहित गरी आलुको बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा आलु किसानहरूको उल्लेख्य सहभागिता रहेको बताउनुभयो । तिलाको ढिपु, हिमाको पाथरखोला, सिञ्जाको जुडु भाडगाउँ, कनकासुन्दरीको बोता, पातारासीको तीर्ख, तातोपानीको टोप्लालगायत उच्च भूभागमा उत्पादन हुने आलु सङ्कलन गरी प्रदर्शनीमा राखिएको थियो ।

कृषि विकास कार्यालय प्रमुख अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा आलुखेती बढी भएको र उत्पादकत्व पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार दुई ४५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ३४ हजार चार सय ५० मेट्रिक टन उत्पादन भएको थियो ।

यसैगरी चालु आवमा दुई हजार दुई सय ९० हेक्टर क्षेत्रफलमा खेती भई ३५ हजार नौ सय ३० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।