१ असार २०८३, सोमबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले छ वटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो ।

सवारी साधन हराएको भनी प्राप्त निवेदनका आधारमा खोजतलास थालेको प्रहरीले वास्तविक र नक्कली नम्बर प्लेट राखी सञ्चालन गरेको अवस्थामा काठमाडौँको युएनपार्क, एयरपोर्ट, नयाँबसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालीमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दीपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटारलगायतका स्थानबाट ती सवारी साधन फेला पारेको जनाएको छ ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म ३३७ वटा हराएका सवारी साधन फेला पारी धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका ३६ वटा सवारी साधनसहित त्यसमा संलग्न ५३ जनालाई आवश्यक कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

हराएको सवारी साधन फेला पारी हस्तान्तरण गरेकामा सवारी धनीहरुले ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९र०८० मा ४९९ र आव २०८०/०८१ मा चार सय १७ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी धनीलाई हस्तान्तरण गरेको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपक गिरीले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न आग्रह गर्नुभयो ।




भर्खरै