१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

ऊनबाट आम्दानी खोजिरहेका आमा

ऊनबाट आम्दानी खोजिरहेका आमा
अ अ+ अ-

बलेवा । बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको समेत उपयोगमा लाग्न थालेका हुन् ।

निसीखोला गाउँपालिका–५ पुतली बजारकी ५७ वर्षीया पुनीकला घर्तिमगरको दैनिकी आजभोलि फेरिएको छ । पुतली बजारमा चलिरहेको ऊनको धागो बनाउने र कपडा तयार गर्ने तालिममा उहाँको दिन बित्छ । बिहान–बेलुका घरको काम सकेर १० नबज्दै उहाँ पुतली बजार पुग्नुहुन्छ । गाउँबाट सङ्कलन गरेको भेडाको ऊनलाई सफा गर्ने, कोर्ने, बाँट्नेदेखि तानमा कपडा बनाउनेसम्मका काम उहाँले सिकिरहनुभएको छ ।

पुनले सानो छँदा गाउँमा ऊनका कपडा बनाउनुहुन्थ्यो । उहाँको बाल्यकाल गाउँमै बनेका ऊनका कपडा लगाएर बित्यो । बिस्तारै विश्व बजारका कपडा गाउँ पुगे । ऊनका कपडा बनाउने काम छाड्दै गए । “हिजोआज ऊनको कपडा खस्रो हुन्छ भनेर लाउनै छोडे, बनाउनेले पनि छाडे”, पुनिकला भन्नुहुन्छ, “बजारतिर उनका कपडा खोजी हुन्छ भन्ने सुनेको छु, पहिला सिकिएन, बूढेसकालमा भए पनि दिन कटाउने बाटो होला भनेर ऊनका कपडा बनाउन सिकिरहेको छु”, उहाँले भन्नुभयो ।

परम्परागत रुपमा भेडाको ऊनबाट बनेका कपडाको बिक्री वितरण बिस्तारै सेलाउन थालेपछि यहाँका महिला समूहमा आबद्ध भएर भेडाको ऊनबाट तयारी सामग्री बनाउन सिक्दैछन् । जिल्लाको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सञ्चालन गरिरहेको दिगो पर्यटन परियोजनाले उनीहरुलाई तालिमको व्यवस्था गरेको छ ।

रुकुमको टकसेराबाट आएका महिला प्रशिक्षकले निसीखोलाको पुतली बजारमा १३ र ढोरपाटनको सुपुर्दुङमा १३ महिलालाई ऊन निकाल्नेदेखि कपडा तयार गर्नेसम्मको काम सिकाइरहेका छन् । “खेर गइरहेको ऊनलाई प्रयोगमा ल्याउन सके आम्दानी गरौँला, नभए घरको काम त चल्छ”, ढोरपाटन–९ सुपुर्दुङकी २१ वर्षीया आशा घर्तिमगरले भन्नुभयो, “पहिलाभन्दा अहिले प्रविधिले सजिलो बनाएको छ, बजार पनि उनका कपडाको राम्रो छ भनेका छन् ।”

गाउँमा खस्रो कपडा भनेर प्रयोगमा आउन छाडेको ऊनका कपडा दशक अगाडिसम्म गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने उनीहरु बताउँछन् । कम्बल, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ ।

ढोरपाटन र निसीखोलामा एउटै परिवारले रु ५०० देखि रु एक हजार ५०० सम्म भेडाबाख्रा पाल्ने गरेका छन् । ती भेडाबाट प्रत्येक वर्ष निकाल्न सकिने ऊनको प्रयोगमार्फत महिलालाई आयआर्जनसँग जोड्नेगरी सीपमूलक तालिम सञ्चालन गरिएको दिगो पर्यटन परियोजनाका समूह संयोजक अमर थापाले बताउनुभयो ।

मासु स्थानीयस्तरमा बिक्री हुने र ऊनको पनि स्थानीय तथा विदेशी बजारमा समेत निर्यात गर्नेगरी उत्पादनमा प्रेरित गरिने उहाँले बताउनुभयो । एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्छ । एउटा ऊनको कपडाको मूल्य न्यूनतम रु १५ हजारदेखि रु ६० हजारसम्म पर्छ ।

महिलाहरुलाई तालिमका लागि प्रशिक्षक, आवश्यक उपकरण, ऊन र खाजा खानाको व्यवस्था परियोजनाले मिलाएको छ । तालिमपछि तयार हुने सामग्रीको बजारीकरणमा महिलाहरुले समूह बनाउने बताउँछन् ।

ऊनको प्रयोग नभएकाले चरीचरण क्षेत्रमा नै किसानले ऊन निकालेर फाल्ने गरेकामा स्थानीय महिलाको सक्रियताले ऊनको प्रयोग बढ्ने प्रशिक्षक रमी बुढा मगरले बताउनुभयो । उनीहरुले किसानबाट सेतो ऊन प्रतिकिलो रु ५० र कालो ऊन प्रतिकिलो रु १०० मा खरिद गर्ने गरेका छन् । बजारमा कालो ऊनको तयारी कपडा सेतो र खैरो ऊनको भन्दा दोब्बर पर्छ ।